शुक्रबार, चैत्र १६, २०८०

प्रजातन्त्रका पिता गणेशमान सिंहको स्मृतिमा समावेशी भवन निर्माण गर्ने उप प्रम सिहंको उद्घोष

काठमाडौं अषाढ १६, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद्को १२औं बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रजातन्त्रका पिता एवम् सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा समावेशी भवन निर्माण गरि जातीय सामज्यस्यता कायम गर्ने तयारी भईरहेको अभिव्यक्ति दिनु भएको छ ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले प्रस्तावित उक्त भवनको निर्माणपछि मुलुकमा व्याप्त छुवाछतको भावना समेतको अन्त्य हुने भन्दै समग्रमा विद्यमान जातिय विभेद विरुद्धको असमान्य परिस्थितीको समेत सम्बोधन गर्न सधाउ पुग्ने विचार अभिव्यक्त गर्नुभएको छ । त्यस्तै उहाँले अव बन्ने संविधानमा एकाध जतिको मात्र नभइ सबै जाति जनजातिको अपनत्वको भाव सिर्जना गरिनु पर्ने बताउँनु भएको छ ।  कार्यक्रमम आदिवासी जनजाति महासङ्घका अध्यक्ष नगेन्द्रकुमार कुमाल प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापा मगरलगायतले बोल्नु भएको थियो । तस्विर: युपी लामिछाने